मञ्जुश्री फाईनान्स लिमिटेडको अध्यक्षमा यादव अधिकारी नियुक्त भएका छन् । गत असोज २२ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी समूहका सञ्चालक अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि मञ्जुश्री फाईनान्सको अध्यक्षमा इन्दिरा पण्डित (घिमिरे)रहेकी थिइन् । उनले कार्यव्यस्तताको कारण देखाई राजीनामा दिएकी थिइन् । उक्त राजीनामा समेत कम्पनीको सोही बैठकले स्वीकृत गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया