बिहीबार अमेरिकी डलरको भाउ कति ?


बिहीबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८१ पैसा र बिक्री दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ ।

आज युरो एकको खरिद दर १४० रुपैयाँ ८३ पैसा र बिक्री दर १४१ रुपैयाँ ४७ पैसा छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ २४ पैसा र बिक्री दर ८५ रुपैयाँ ६३ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६३ रुपैयाँ २० पैसा र बिक्री दर १६३ रुपैयाँ ९३ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १५ पैसा र बिक्री दर २८ रुपैयाँ २७ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४१ पैसा र बिक्री दर ३५ रुपैयाँ ५७ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९१ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९५ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ आश्विन २०८०, बिहिबार  ०७ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।