मधेस प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)


मधेस प्रदेश प्रदेश लोक सेवा आयोगले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । प्रदेश निजामती सेवाको अधिकृत चौँथो र पाचौँ तह(अप्राविधिक\प्राविधिक) पदका लागि आवेदन खुलाइएको हो ।

आयोगले प्रदेश निजामती सेवाका सहायक चौँथो र पाचौँ तहमा निम्न सेवा, समूह, उपसमूह तथा तहका रिक्त पदको खुला, समावेशी तथा अन्तर सेवा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएकोे जनाएको छ ।

न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदकले कात्तिक २२ गते आवेदन पेस गर्नु पर्ने हुन्छ । दोब्बर दस्तुरमा भने कात्तिक २२ गतेदेखि कात्तिक २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ आश्विन २०८०, बिहिबार  ०८ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।