सांग्रिला विकास बैंकद्वारा महिला बाइक राइडरको स्वागत

0
Shares

सांग्रिला विकास बैंकले भारतीय महिला बाइक राइडरहरुको स्वागत गरेको छ । बैंकले असोज २३ गतेदेखि ‘स्टप सेक्सुअल भायोलेन्स’ भन्ने नारालाई आत्मसाथ गर्दै अक्टोबर १ मा भारतबाट मोटरसाइकलमा नेपाल आएका दुई महिला राइडरलाई केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा स्वागत गरेको हो ।

सो स्वागत कार्यक्रममा बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्याकारी अधिकृत सुयोग श्रेष्ठ र बैंकका संस्थापक सेयरधनी हेमन्त कुमार प्रसादहरुद्वारा भारतबाट नेपाल आएका बाइक राइडरद्वय स्वाती आर र अनिता एमको एक कार्यक्रमका बीच स्वागत गर्दै आफ्नो मन्तब्य व्यक्त गरेका हुन् ।

यस प्रकारको स्वागत कार्यक्रमले स्टप सेक्सुअल भायोलेन्स भन्ने नारा बोकेर हिडेका उक्त बाइक राइडरलाई प्रेरणा मिल्ने र सो सन्देशले नेपालमा समेत जनचेतना फैलाउने विश्वास बैंकले लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।