चिरख्वा हाइड्रोपावरको आईपीओमा आवेदन दिन छुट्यो कि !


चिरख्वा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा निष्काशन आईपीओमा आजसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले असोज २३ गतेदेखि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

कम्पनीको आईपीओमा ९५ करोड ६८ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसार बिहीबार साँझसम्ममा ८ लाख ७३ हजार १८० जना आवेदकले ९५ लाख ६८ हजार ४३० कित्ताका लागि आवेदन परेको छ । यो मागभन्दा ११.१४ गुणा बढी आवेदन हो ।

कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

कस्तो छ कम्पनी ?

चिरख्वा हाइड्रोपावर लिमिटेडलले प्रबर्धन गरिरहेको ४.७ मेगावाटको माथिल्लो चिरख्वा जलविद्युत् आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । उक्त कम्पनीको प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.३९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति २८ वर्ष ८ महिना बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।