नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा


नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख १६ हजार ७३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको सेयरमा संस्थापक सेयरधनीहरुले मात्र आवेदन दिन पाउने छन् । बैंकको उक्त सेयरमा अन्य व्यक्ति, कम्पनी वा संस्थाले आवेदन दिन नपाउने बैंकले जनाएको छ । इच्छुक सेयरधनीले आज असोज २६ गतेदेखि ३५ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।