स्थानिय बजारमा सुनको भाउ दुई दिनमा प्रतितोला १३ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ७ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरी ६ सय रुपैयाँले बढेको हो ।
आज बढेसँगै नेपाली बजारमा छापावाला सुनको भाउ १ लाख १० हजार १ सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावाला सुनको भाउ १ लाख ९ हजार ५ सय रुपैयाँ तोकिएको थियो । यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख ९ हजार ५५० सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तेजावी सुन १ लाख ९ हजार रुपैयाँ तोकिएको थियो । शुक्रबार तेजावी सुनको भाउ ५५० रुपैयाँले बढेको हो ।
यता आज चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने आज ५ रुपैयाँले घटेको छ । हिजो चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८७६ दशमलव ४४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २१ दशमलव ९८ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया