इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले ९९ हजार ३७२ कित्ता सेयर बिक्रीमा ल्याएको हो । संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीलगायत अन्य व्यक्ति, संस्था वा कम्पनीले सेयर खरिद गर्न सक्ने छन् ।
बैंकले यसअघि साउन २५ गते संस्थापक सेयरधनीको लागि ३५ दिने सूचना जारी गरी सेयर खरिद गर्न आह्वान गरेको थियो । ३५ दिन भित्र सस्थापक सेयरधनीबाट आवेदन नपरेको भन्दै अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज असोज २६ गतेदेखि १५ दिनसम्म लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय गैंडाकोट–२ नवलपरासीमा आवेदन दिन सक्ने छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।












प्रतिक्रिया