नेपाली बजारमा हाइगर ब्राण्डका विद्युतीय गाडीहरु सार्वजनिक हुँदै

0
Shares

कमर्सियल गाडीहरुको विक्री वितरणमा नेपालको स्थापित डिलर शशिला मोटर्स् प्रालिले विश्व प्रसिद्ध हाइगर ब्राण्डको कमर्सियल विद्युतीय गाडी नेपाल भित्र्याउने भएको छ ।

शुक्रबार चाइनिज बस उत्पादक कम्पनी हाइगर बस कम्पनी लिमिटेडसँंग कम्पनीले सम्झौता गरेको हो । हाइगर बस कम्पनी लिमिटेडले विश्वका १३० भन्दा धेरै देशहरुमा आफ्नो उपस्थिती जनाइसकेको छ ।

हाइगर ‘चाइनिज फेमस ट्रेडमार्क’ र ‘चाइनिज फेमस ब्राण्ड’ को उपाधि प्राप्त गर्न सफल बहुचर्चित तथा सुप्रसिद्ध ब्राण्ड हो । यो सम्झौतासँगै शशिला मोटर्स् प्रालि हाइगर भ्यानको नेपालका लागि एकमात्र आधिकारक बितरक बनेको छ ।

सुरुमा प्रालिले १६ सिट क्षमताका इभी मिनि भ्यान र मिनिवस नेपाली बजारमा सार्वजनिक गर्न लागेको छ । जुन वातावरणमैत्री तथा ढुवानी व्यवसायका लागि अत्यन्तै उत्कृष्ट हुने र मिनिबस रेञ्जहरुमा ग्राहकको पहिलो रोजाइ बन्न सफल हुने शशिला मोटर्स प्रा.लि. का प्रवन्ध निर्देशक सन्तोष खतिवडाको विश्वास छ ।

हाइगर इभी भ्यानमा १६ सिट क्षमताको इभी भ्यान हो । ७० कि.वा. आवर ब्याट्री रहेको यस भ्यानले सिङ्गल चार्जमा २५० कि.मि. रेञ्ज प्रदान गर्दछ । कटिङ्ग एज प्रविधियुक्त लिथियम आयन ब्याट्री उपयोग गरिएको छ । कोलिजन अभोइडेन्स् सिस्टम, लेन डिपार्चर वार्निङ्ग तथा एअर ब्याग सिस्टमहरु सहितको सुरक्षाका बिशेषतायुक्त (एअर ब्याग भएको नेपालको पहिलो इभी भ्यान) रहेका छन् । १६ सिट क्षमताको इभीमा सहज यात्राका लागि आरामदायी सिट एवं पर्याप्त खुल्ला ठाँउ रहेका छन् ।

यात्रुको सुविधाका लागि एअर कण्डिसन सहित उत्कृष्ट आन्तरिक सजावट छ भने नेपालको बाटो सुहाउँदो २०० एमएम उचाई ग्राउण्ड क्लियरेन्स छ । ९० कि.वा. पावर र ३५० एनएम टर्क सहित उत्कृष्ट तान्ने क्षमता छ । एलोइ हृवील र २१५ आर ७५ टायर साईज, १६ पिआर सहितको पहिलो इभी भ्यान जसले गाडीको रेञ्ज र स्ट्याबिलिटी बढाउने गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।