मिर्मिरे लघुवित्तको एफपीओमा कति पर्यो आवेदन ?

0
Shares

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा निष्काशन तथा बिक्री खुला भएको तेस्रो दिनसम्ममा मागको तुलनामा ९४.६९ गुणा बढी आवेदन परेको छ ।

प्रतिसेयर एक सय रुपैयाँ अंकित दरमा जारी लघुवित्तको एफपीओमा उच्च आकर्षण देखिएको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार बिहान १० बजेसम्ममा लघुवित्तको एफपीओमा १० लाख २० हजार १८९ वटा आवेदन मार्फत १ अर्ब १७ करोड २४ लाख ५३ हजार रूपैयाँ बराबरका १ करोड १७ लाख २४ हजार ५३० कित्ताको माग परेको हो ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकितदरमा १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६।४५ कित्ता सेयर निष्काशन गरेको छ ।

एफपीओमा लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सिआश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट असोज ३० गते मंगलबारसम्म आवेदन दिन सक्नेछन् । शनिबार र घटस्थापनको सार्वजनिक विदा परेकाले यो निष्कासन ६ दिनसम्म खुला रहनेछ ।

सर्वसाधारणतर्फको पुँजी संरचना ३० प्रतिशतभन्दा कम भएपछि लघुवित्तले एफपीओ जारी गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्नुपर्ने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।