छापावाला सुन किन्न १ लाख १३ हजार खर्चिनुपर्ने


आइतबार सुन किन्नेले १ लाख १३ हजार रुपैयाँ खर्चिनुपर्ने भएको छ । शुक्रबार सुनको भाउ १ लाख १० हजार १ सय रुपैयाँ तोकिएको थियो । शनिबार सुनको भाउ २९ सय रुपैयाँ बढेको थियो । हिजोको तुलनामा आज सुनको भाउ स्थिर बनेको हो ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख १२ हजार ४५० सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजावी सुन १ लाख ९ हजार ५५० सय रुपैयाँ तोकिएको थियो ।

यता आज चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९३२ दशमलव २८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २२ दशमलव ७१ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ आश्विन २०८०, आइतबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।