आज पनि घट्यो सुनको भाउ


सोमबार ७०० रुपैयाँले घटेको सुनको भाउ आज पनि ४०० रुपैयाँले घटेको छ । हिजो १ लाख १२ हजार ३ रुपैयाँ तोकिएको छापावाला सुनको भाउ आज मंगलबार १ लाख ११ हजार ९०० रुपैयाँ तोकिएको छ ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख ११ हजार ३५० सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजावी सुन १ लाख ११ हजार ७५० सय रुपैयाँ तोकिएको थियो ।

यता आज चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९१५ दशमलव ६८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २२ दशमलव ५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।