दसैँ अफर : कुन बैंकको कति क्यासब्याक ?


दशैंलाई डिजिटल बनाउन बैंकहरुले क्यासब्याक जस्ता विभिन्न अफर ल्याएका छन् । नोटको सुरक्षा र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै बैंकहरुले क्यासब्याकको अफरहरु सार्वजनिक गरेको हुन् । नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरिएका यस्ता अपरले ग्राहकलाई डिजीटल नगदमा प्रोसाहन गर्ने विश्वास लिइएको छ ।

लक्ष्मी सनराइज बैंक

यो वर्षको चाडबाडलाई लक्षित गरेर लक्ष्मी सनराइज बैंकले तीन पटा अफर सार्वजनिक गरेको छ । पहिलो अफर अन्तर्गत ’घुम्न जाउँला’ मा लक्ष्मी सनराइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा क्रमशः २५० रुपैयाँ र ५०० रुपैयाँको क्यासब्याक पाउन सकिनेछ । यो अफर असोज १८ गते देखि कात्तिक ९ गते सम्म लागु हुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनि मार्फत टिकट काट्नुका साथै सो अवधि भित्र कुनै एक बिल भुक्तानी पनि गर्नु पर्नेछ ।

दोस्रो अफर अन्तर्गत ’शपिङ्ग गरौँला’ मा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% वा बढीमा १ हजारसम्मको क्यासब्याक पाउन सकिनेछ। सो योजना असोज २७ गते देखि कात्तिक ३ गते सम्म लागू रहनेछ।

यसैगरी तेस्रो अपर अन्तर्गत ‘खाउँला पिउँला’ योजनामा असोज् २८ गते देखि कात्तिक १२ गते सम्म फुडमान्डु एप बाट अर्डर गरी लक्ष्मी सनराइज बैंकको डेबिट्क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २०% वा बढीमा २०० रुपैयाँसम्म क्यासब्याक पाउन सकिनेछ ।
यसै अफर अन्तर्गत केएफसी तथा पिज्जाका कुनै पनि आउटलेटमा डेबिट कार्ड वा क्रेडिट कार्ड को ’ट्याप एण्ड पे’ फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रति दिन प्रति व्यक्ति २०% वा बढीमा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने बैंकले जनाएको छ ।

सानिमा बैंक

सानिमा बैंकले पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५५ वा अधिकतम २०० रुपैयाँ, विजुलीको बिल तिर्दा २५ वा अधिकतम २५ रुपैयाँ र इन्टर्नेटको बिलतिर्दा २५ वा अधिकतम ५० रुपैयाँसम्मको क्यासब्याकको व्यवस्था गरेको छ ।
यस्तै ग्लोबल आइएमई बैंकका ग्राहकलाई बैंकले वडा दशैंको अवसरमा ‘ग्लोबल आइएमई बैंकको साथमा दसैँ रमाईलो’ भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरूमा छुट तथा क्यासब्याक योजनाहरू सार्वजनिक गरेको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्डवाहकहरूले आफूलाई आवश्यक सरसामानहरू खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा ३०० रुपैयाँ देखी ५०० रुपैयाँसम्मको नगद फिर्ता हुनेछ । यस नगद फिर्ता योजना मार्फत बैंकको डेबिट तथा क्रेडिट कार्डवाहकहरूले योजना अवधिभर कम्तीमा १ हजार रुपैयाँको ३ वटा कारोबार गरेमा ३०० रुपैयाँ तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गर्नुभएमा ५०० रुपैयाँको नगद फिर्ताबाट लाभान्वित हुनेछन् । यो योजना असोज २८ गते अर्थात् घटस्थापनाको दिनदेखि कार्तिक ७ गते अर्थात् वडा दसैँ (दशमी) को दिन सम्म लागू हुनेछ ।

साथै, बैंकले आफ्नो मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरूले आफूलाई आवश्यक सर समानहरू खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा ‘म्ब्क्ज्ब्क्ष्ल्’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १०% वा अधिकतम ३०० रुपेयाँसम्मको नगद छुट पाउनेछन् । यो योजना असोज २८ गते अर्थात् घटस्थापनाको दिन देखि कार्तिक ७ गतेसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ ।

गरिमा विकास बैंक

गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सामान खरिद गरीविकास बैंकको डेबिट\क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम दुई सय रुपैंयाँसम्म नगद फिर्ता योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकको डेबिट\क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम दुई सय रुपैंयाँसम्म नगद फिर्ता पाउन सक्ने छन् । यस योजनाको अवधि २८ असोज २०८० देखि ७ कार्तिक २०८० सम्म रहेको छ ।

कुमारी बैंक

कुमारी बैंक लिमिटेडले २६ लाखको बिमा सुविधा अन्तर्गत परिवारका ४ जना सदस्यलाई १ लाखको मेडिकल बिमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाख सम्मको दुर्घटना बिमा तथा १ लाख सम्मको घातक रोग बिमा सुरक्षण समावेश गरिएको छ । साथै, खाता खोलिएको पहिलो वर्षको लागि लकर सुविधामा लकर शुल्कमा १०० प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिट–क्रेडिट कार्ड सुविधा प्रदान गरिनेछ । यसै अवसरमा बैंकका अन्य बचत खाताहरुमा २० हजार रुपैयाँको मेडिकल बिमा सुविधा उपलब्ध हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।