शिवम् होल्डिङग्सले आईपीओ जारी गर्ने

0
Shares

शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । असोज २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन सम्बन्धी प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा कात्तिक २२ गते कम्पनीको कार्यालय अनामनगर, काठमाडौंमा ११ बजे गर्ने निर्णय कम्पनीले गरेको हो । कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि १ करोड १६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । आगामी दिनमा आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि कम्पनीले सभामार्फत गराउनेछ ।

गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजी ४ अर्ब ३६ करोड रूपैयाँको आधारमा ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ । हाल सञ्चालकको संख्या ७ जना रहेकोमा सोलाई घटाई ५ जना कायम गर्ने निर्णय पनि सभाले गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।