एप्पलका सीईओ कुकको अचानक चीन भ्रमण

0
Shares

एप्पल कम्पनीका प्रमुख टिम कुकले यसै साता अचानक चीनको भ्रमण गरेका छन्‌ । आफ्नो सबैभन्दा ठूलो बजारमा कम्पनीको फोनको विक्रीमा कमी आएपछि उनको चीन भ्रमण भएको बताइएको छ ।

विबो सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्नो खातामा सोमबार राखिएको पोस्टमा कुकले चेङ्दुमा रहेको एप्पलको ताइकु लि स्टोरमा गएर ‘अनर अफ किङ्ग्सका’ युवा खेलाडीहरूलाई भेटेको बताए ।

चिनियाँ प्रविधि कम्पनी टेन्सेन्टद्वारा प्रकाशित अनलाइन ब्याटल एरेना विश्वको सबैभन्दा बढी खेलिने मोबाइल गेममध्येको एक हो । ‘आज राति ऊर्जा चार्टभन्दा बाहिर थियो’, कुकले लेखेका छन्‌, ‘अनर अफ किङ्ग्स यहाँ चेङ्दुमा सुरु भयो र यो अब एप स्टोरमा विश्वव्यापी रूपमा रहेको छ ।’

‘यो खेलले नयाँ मानक राख्छ, यो चीन र विश्वभर लोकप्रिय छ’, उनले सरकारी अखबार चाइना डेलीलाई भने, ‘तपाईं देख्नु सक्नुहुन्छ स् खेलप्रति मानिसमा कति लगाव छ र उत्साहित छन्, हेर्दा राम्रो लाग्यो ।’

सन् १९९३ मा एप्पलले पहिलो पटक चीनमा आफ्नो उपस्थिति स्थापित गरेपछि चीनमा स्मार्टफोन, ल्यापटप र उपभोक्ता इलेक्ट्रोनिक्सका सामानहरूको प्रमुख प्रदायकका रूपमा विकसित भएको छ ।

गत मार्चमा बेइजिङ भ्रमणका क्रममा एप्पलका सीइओ कुकले आफ्नो कम्पनीले चीनसँग ‘पारस्परिक’ सम्बन्ध कायम गरेको बताएका थिए । तर गत वर्ष चीनको शून्य कोभिड नीतिका कारण एप्पलका कारखानामा उत्पादनमा भएको कमीले बिक्री प्रभावित हुँदा हालैका वर्षमा एप्पलले चीनमा सङ्घर्ष गर्नुपरेको छ । एजेन्सी।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।