बुधबार घट्यो अमेरिकी डलरको भाउ


बुधबार अमेरिकी डलरको भाउ घटेको छ । हिजो खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा पुगेर रेकर्ड बनाएको अमेरिकी डलरको भाउ आज खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसामा कायम भएको छ ।

बुधबार नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर युरो एकको खरिद दर १४० रुपैयाँ ५१ पैसा र बिक्री दर १४१ रुपैयाँ १४ पैसा छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ५२ पैसा र बिक्री दर ८४ रुपैयाँ ९१ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६१ रुपैयाँ ८७ पैसा र बिक्री दर १६२ रुपैयाँ ६० पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०७ पैसा र बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ६० पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८७ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार  ०६ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।