मिर्मिरे लघुवित्तको एफपीओमा १४ लाख भन्दा बढीको हात खाली हुने


मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा १४ लाख १२ हजार भन्दा बढीले नपाउने भएका छन् ।  निष्कासन कित्ता थोरै हुँदा अधिकांश लगानीकर्ताको हात खाली हुने देखिएको हो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार लघुवित्तको एफपीओमा बुधबारसम्ममा १४ लाख २४ हजार ५६७ जनाले १ करोड ६२ लाख ३ हजार १० कित्ताका लागि आवेदन दिएका छन् । उक्त एफपीओमा १ अर्ब ६२ करोड ३ लाख १ हजार रूपैयाँ बराबरको आवेदन परेको हो ।

लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता सेयर निष्काशन गरेको थियो । यस अनुसार लघुवित्तको एफपीओमा आवेदन दिएका १४ लाख ९ हजार ३९५ भन्दा धेरै आवेदकहरूले एफपीओ नपाउने भएका हुन् ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको एफपीओ १२ हजार ३८१ जनाले मात्र पाउनेछन् । जसमध्ये भाग्यामनी ६ जनाले ११ कित्ता तथा १२ हजार ३७५ जनाले १० कित्ताका दरले हात पार्नेछन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न यो लघुवित्तले एफपीओ निष्कासनमा ल्याएको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार  ०७ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।