दुई दिनमा ११ सयले घटेको सुनको भाउ एकैदिन १३ सयले बढ्यो


बुधबार सुनको भाउ १ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ । सोमबार ७०० रुपैयाँले घटेको सुनको भाउ मंगलबार ४०० रुपैयाँले घटेको थियो । आज एकैदिन सुनको भाउ १ हजार ३ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको भाउ १ लाख १३ हजार २०० रुपैयाँ तोकिएको छ । हिजो छापावाला सुनको भाउ १ लाख ११ हजार ९०० रुपैयाँ तोकिएको थियो ।

यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख १२ हजार ६५० सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजावी सुन १ लाख ११ हजार ३५० सय रुपैयाँ तोकिएको थियो ।

यता आज चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९३८ दशमलव ६८ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २३ दशमलव ११ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ कार्तिक २०८०, बुधबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।