बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बिहीबार अमेरिकी डलरको भाउ आज खरिद दर १३२ रुपैयाँ ९२ पैसा र बिक्री दर १३३ रुपैयाँ ५२ पैसामा कायम भएको छ ।

युरो एकको खरिद दर १४० रुपैयाँ ३८ पैसा र बिक्री दर १४१ रुपैयाँ ०१ पैसा छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ६७ पैसा र बिक्री दर ८५ रुपैयाँ ०५ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६२ रुपैयाँ ०४ पैसा र बिक्री दर १६२ रुपैयाँ ७७ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०२ पैसा र बिक्री दर २८ रुपैयाँ १४ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४३ पैसा र बिक्री दर ३५ रुपैयाँ ५९ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८२ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८७ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ कार्तिक २०८०, बिहिबार  ०७ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।