बिहीबार सुनको भाउ नयाँ उचाइमा पुगेको छ । गत साउन ४ गते प्रतितोला १ लाख १३ हजार ६०० पुगेर रेकर्ड बनाएको सुनको भाउले बिहीबार उक्त रेकर्ड तोडेको हो ।
बिहीबार सुनको भाउ प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार सुनको भाउ प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख १३ हजार १५० सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजावी सुन १ लाख १२ हजार ६५० सय रुपैयाँ तोकिएको थियो ।
यता आज चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउमा भने आज गिरावट आएको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९४८ दशमलव २३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २२ दशमलव ९ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया