
नेपाल पे क्यूआर सार्वजनिक भएको ६ महिना यता पहिलो पटक असोज महिनामा नेपाल पे क्यूआरको प्रति महिना कारोबार १ अर्ब रूपैयाँभन्दा बढि पुगेको छ । नेपाल पे क्यूआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्डको पूर्वधार हो ।
विभिन्न बैंक वित्तीय संस्थाहरु तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपाल पे क्यूआरमा ४ लाख २५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध भइसकेका छन् ।
कारोबार रकम तथा मर्चेन्टको संख्या अनुसार यस उपलब्धिलाई एक महत्वपूर्ण कोशेढुङ्गाको रुपमा लिइएको छ र यसबाट क्यूआर भुक्तानीमा थप वृद्धि हुने पनि अपेक्षा गरिएको छ ।
क्यूआर स्कीमको रुपमा समेत उपलब्ध रहेको उक्त नेपाल पे क्यूआरमा एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले मर्चेन्ट लेभलमा एग्रिगेटेड क्यूआर पनि उपलब्ध गराइरहेका छन् र हालै नेपाल पे क्यूआर र स्मार्ट क्यूआर बीच नेटवर्क स्तरको अन्तरआबद्धता कायम भइसकेको छ ।
बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्यूआरमा ४ लाख २५ हजार र स्मार्ट क्यूआरको २ लाख ५० हजार समेत गरी ६ लाख ७५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध भएको कम्पनीले जनाएको छ । त्यस्तै सबै वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ्ग र वालेटहरुबाट नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने जनाइएको छ ।
मर्चेन्ट र व्यवसायीहरुले नेपाल पे क्यूआरमा आबद्ध भई ग्राहकहरुबाट आर मार्फत भुक्तानी प्राप्त गर्नका लागि आफ्नो बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्ने छन् । भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिने कम्पनीको दाबी छ । हालै भ्वाइसमा आधारित क्यूआर नोटिफिकेशन पनि केहि बैंक वित्तीय संस्थाहरुले उपलब्ध गराइरहेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया