घलेम्दी हाइड्रोपावरको सेयर मूल्य समायोजन

0
Shares

घलेम्दी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २०० प्रतिशत हकप्रदमा सेयर मूल्य समायेजन भएको हो ।

चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयरपछि नेप्सेले हाइड्रोपावरको प्रतिकित्ता १२४ रुपैयाँ ८७ पैसा समायोजित मूल्य तोकेको छ । बिहीबार कारोबार भएको अन्तिम मूल्य १७४ रुपैयाँ ६० पैसालाई आधार मानेर नेप्सेले हकप्रदमा मूल्य समायोजन गरेको हो ।

यससँगै घलेम्दीको दसैंपछि बिहीबार समायोजित सेयर मूल्यलाई आधार मानेर नेप्सेमा सेयर कारोबार खुल्नेछ । हकप्रद जारी गर्न कम्पनीले कार्तिक ३ गते शुक्रबार बुकक्लोज तोकेको छ । यसअनुसार बिहीबार समायोजन मूल्यभन्दा अघि सेयर कारोबार गर्ने लगानीकर्ताले मात्र कम्पनीले जारी गर्ने हकप्रदमा आवेदन दिन सक्नेछन् ।कम्पनीले हकप्रद निष्कासनको मिति भने तोकिसकेको छैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।