माथिल्लो मैलुङ खोलाको आइपीओ शुक्रबार बाँडफाँड हुँदै


माथिल्लो मैलुङ खोलाको आइपीओ शुक्रबार बाँडफाँड हुँदै छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलमा बिहान ९:३० बजे बाँडफाँड गर्न लागेको हो ।कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर आइपीओ जारी गरेको थियो ।

आइपीओमा १२ लाख ४९ हजार १०७ जनाले कुल १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख २८ हजार ४२० जनाले मात्र सेयर हात पार्नेछन् । माथिल्लो मैलुङको आइपीओमा मागभन्दा १०.८० गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । उक्त आईपीओमा ११ लाख २० हजार ६८७ जनाको भने हात खाली हुनेछ ।

रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । यो आइपीओमा सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।