सरकारले दियो खसीबोका र च्याङग्राको मूल्यमा थप छुट


सरकारले खसीबोका र च्याङग्राको मूल्यमा थप छुट दिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जिउँदो खसीको मूल्य प्रति किलो ६७० बाट घटाएर प्रतिकिलो ६५० र च्याङग्रा प्रति किलो १ हजार २५० बाट घटाएर प्रति किलो १ हजार २२५ कायम गरेको छ ।

चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस् भन्ने उद्देश्यले खसी बोका र च्याङग्रा खरिदमा अझ सहुलियत दिइएको मन्त्रालयले जनाएको छ । यो छुट शुक्रबारदेखि लागू हुने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।