शङ्कर ग्रुपले पौने ६ अर्ब लगानीमा पाँच तारे होटल ‘हिल्टन काठमाडौँ’ निर्माण गर्दै

0
Shares

व्यापारिक घराना शङकर ग्रुप अन्तर्गतको जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले ६ अर्ब ८५ करोड काठमाडौँको नक्सालमा पाँच तारे होटल- “हिल्टन काठमाडौँ” निर्माण गरिरहेको छ ।

सन् २०१८ देखि निर्माण सुरु भएको उक्त होटलको निर्माण कार्य सन् २०२० मा विश्वभर फैलिएको कोभिड–१९ का कारण सुस्त भएको थियो । प्रारम्भिक आकलन अनुसार ६ अर्ब ६८ करोड ३० लाखमा निर्माण हुने भनिएको उक्त होटलको कोभिडकै कारण लागत ३ प्रतिशतले बढेर ६ अर्ब ८५ करोड पुगेको हो ।

होटल निर्माणमा लागेको कुल लागत मध्ये ७३ प्रतिशत कर्जा र २७ प्रतिशत लगानीकर्ताहरुको लगानी रहेको छ । कम्पनीले ५ अर्ब २ करोड २० लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले ५ अर्ब १ करोड २० लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र १ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

तीन वर्षमा सम्पन्न गर्ने भनिएको उक्त होटल कोभिडका कारण ढिलाइ हुँदा सन् २०२३ को जुलाई महिनासम्ममा होटलको ९० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । आगामी डिसेम्बर महिनाबाट होटल सञ्चालन गर्ने तयारीमा कम्पनी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।