अमेरिकी डलर र बेलायती पाउन्डको विनिमय दर यथावत्

0
Shares

आइतबार अमेरिकी डलर र बेलायती पाउण्ड स्टर्लिङको विनिमय दर शनिबार कै यथावत् नै रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिद दर १३२.७० रुपैयाँ र बिक्री दर १३३.३० रुपैयाँ तय भएको छ । हिजो शनिबार पनि डलरको विनिमय दर खरिदका लागि १ डलर बराबर १३२.७० र बिक्रीका लागि १ डलर बराबर १३३.३० रुपैयाँ थियो ।

यस्तै बेलायती पाउन्ड स्ट्रलीङको विनिमय दर पनि शनिबारकै मूल्यमा कायम भएको हो । आज १ बेलायती पाउण्डको खरिद दर १६०.८९ र बिक्री दर १६१.६१ रुपैयाँ पुगेको छ ।

शनिबार कै मूल्य युरोका विनिमय दरमा समेत लागू भएको छ । आज १ युरोको खरिद दर १४०.५३ रुपैयाँ र बिक्री दर १४१.१६ रुपैयाँ कायम भएको छ ।

कुन विदेशी मुद्राको विनिमय दर कति ?

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।