दसैंको बेला सशस्त्र प्रहरीले सञ्चालन गर्यो निःशुल्क बस सेवा


विजया दशमीको अवसरमा सशस्त्र प्रहरी बल नेपालले काठमाण्डौं उपत्यकामा तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ । दसैंको बेला सार्वजनिक यातायातका साधन कम चलेको अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले तीन दिनसम्म निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो ।

दुई वटा रुटमा बिहान साढे ८ बजेदेखि साँझ ६ बजेसम्म गरी दुई चरण्मा निःशुल्क बस सञ्चालन भइरहेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता एवम प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले बताए।

उनका अनुसार एउटा बस सशस्त्र प्रहरी बलको कार्यालय स्वयम्भु हलचोकदेखि बनस्थली, बसुन्धारा, चाबहिल, कोटेश्वर, सातदोबाटो, कलंकी हुदैँ हलचोकसम्म र अर्को बस सशस्त्र प्रहरी बलको कार्यालय स्वयम्भु हलचोकदेखि स्वयम्भु चोक, कलंकी, सातदोबाटो, कोटेश्वर, चाबहिल, बनस्थली हुदैँ हलचोकसम्म सञ्चालनमा रहेको जाइएको छ ।

दसैंको बेला आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यका दुई वटा रुटमा महाअष्टमीदेखि विजयादशमी (टीका)को दिनसम्म निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ६ कार्तिक २०८०, सोमबार  २० : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।