विदेशी नागरिकको नगद लुटपाट गर्ने तीन जना पक्राउ


विदेशी नागरिकको नगद लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका २७ ठमेलस्थित वाल्डो होटलमा कात्तिक ९ गतेदेखि बस्दै आएका २ जना भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १६ माछापोखरीस्थित किङ्स अकबरे मम रेष्टुरेन्टका संचालक नुवाकोट ककनी गाउँपालिका ७ घर भएका २७ वर्षीय उमेश लामासमेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई ग्रिन टि सस्तोमा मिलाईदिन्छु भन्दै ६ जनाको समूहले होटल अगाडिबाट ट्याक्सीमा सोही महानगरपालिका १६ माछापोखरीस्थित रोयल लाउन्ज एण्ड बारमा पुर्‍याई कुटपिट गरी पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रूपैयाँ ट्रान्सफर गरी लुटपाट गरेका थिए ।

प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई बालाजु चोकबाट बा ८६ प २१४२ नम्बरको मोटरसाइकल, नगद ५९ हजार ३ सय ५५ रूपैयाँ, मोवाईल ४ थान र एनटिसी तथा एनसिएलको १२ थान सिमकार्डसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।