चीनले प्रतिबन्ध लगाएको जापानी समुन्द्री खाना अमेरिकाले आयात गर्दै

0
Shares

जापानी समुन्द्री खानामा चीनले प्रतिबन्ध लगाएपछि अमेरिकाले समुन्द्री खानाको आयात गर्ने भएको छ ।

फुकुशिमा न्युक्लियर प्यान्ट डिकमीसन प्यासिफिक तटमा गर्दा त्यसको प्रभाव माछाहरुमा पर्ने र माछा विषादीयुक्त हुँदा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने भन्दे चीनले जापानबाट समुन्द्री खाना आयात गर्न बन्द गरेको थियो ।

यसै विषयमा हस्तक्षेप गर्दै जापानका लागि अमेरिकाका राजदूत राह्म इम्यानुएलले चीनको प्रतिबन्ध काउन्टर गर्नकै लागि अमेरिकाले समुन्द्री खाना खरिद गर्ने जानकारी दिएका छन् । चीनले समुन्द्री खानाको आयातमा लगाएको प्रतिबन्धलाई इम्यानुुएलले ‘इकोनोमिक वार’ को नाम दिएका छन् ।

अमेरिकाले खरिद गर्ने सामुन्द्रिक खाना मिलिटरी क्याम्पहरुमा प्रयोग हुनेछ । मात्स्यपालन पेसा गरिरहेका मानिसहरु र अमेरिकाको शसस्त्र फोर्सबीच सामुन्द्रिक खानाको खरिदलाई लिएर दीर्घकालीन सम्झौता यथाशीग्र अघि बढाइने उनको भनाइ छ । चीनले लगाएको प्रतिबन्धको कडा भत्सर्ना गर्ने र जुनजुन स्थानहरु चीनको प्रतिबन्धबाट प्रभावित भएका छन्, त्यसको उत्थानका लागि अमेरिका सहयोग गर्न तयार रहेको समेत इम्यानुएलले जानकारी दिएका छन् ।

प्रति वर्ष जापानले १ लाख टन समुन्द्री खाना चीन निर्यात गर्दै आएको छ । जापानबाट समुन्द्री खाना आयात गर्ने देशहरुमा चीन सबैभन्दा ठूलो देश हो । तर फुकुसिमा न्युक्लियर प्लान्टको डिकमीसनिङ समुन्द्रमा गर्दा त्यसको प्रभाव समुन्द्र भएका जीवजन्तुहरुमा पर्ने चीनले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।