अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो र बेलायती पाउण्डको भाउ बढ्यो


मंगलबारको तुलनामा बुधबार अमेरिकी डलरको भाउ स्थिर बनेको छ । मंगलबार १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा कायम गरिएको अमेरिकी डलरको भाउ आज पनि सोही मूल्यमा कायम गरिएको छ ।

यता आज युरोको भाउमा भने वृद्धि भएको छ । आज युरो एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३६ पैसा छ । हिजो युरो एकको खरिद दर १४० रुपैयाँ ५८ पैसा र बिक्री दर १४१ रुपैयाँ २१ पैसामा कारोबा भएको थियो ।

यता बुधबार बेलायती पाउण्डको भाउ ८८ पैसाले वृद्धि भएको छ । हिजो १६१ रुपैयाँ १७ पैसा (खरिद दर) र बिक्री दर १६१ रुपैयाँ ८९ पैसामा कारोबार भएको बेलायती पाउण्डको आज खरिद दर १६२ रुपैयाँ ०५ पैसा र बिक्री दर १६२ रुपैयाँ ७८ पैसामा कारोबार भइरहेको छ ।

उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ६२ पैसा र बिक्री दर ८५ रुपैयाँ पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९० पैसा र बिक्री दर २८ रुपैयाँ ०२ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४३ पैसा र बिक्री दर ३५ रुपैयाँ ५९ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९१ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार  ०८ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।