नेपाली बजारमा सुनको भाउमा लगातार गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेसँगै नेपाली बजारमा पनि त्यसको असर देखा परेको हो ।सुनको भाउ तीन दिनको अवधिमा प्रतितोला २ हजारले घटेको छ ।
बुधबार छापावाला सुनको मूल्य १ लाख १५ हजार रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १६ हजार रुपैयाँ तोकिएको थियो । हिजोको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला १ लाख १६ हजार ५०० रुपैयाँ कायम गरिएको छापावाला सुन आइतबार प्रतितोला १ लाख १७ हजार रुपैयाँमा काराबार भएको थियो । यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख १४ हजार ४५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख १५ हजार ४५० रुपैयाँ तोकिएको थियो ।
यता आज चाँदीको भाउ पनि भारी गिरावट आएको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । मंगलबार १ हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९७८ दशमलव ०३ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २२ दशमलव ६४ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया