लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा


लुम्बिनी विकास बैंकले ३७ हजार ३१९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी मनलक्ष्मी थापाको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको संस्थापक सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । अन्य व्यक्ति, संस्था वा कम्पनीले यो पटक आवेदन दिन पाउने छैनन् ।

संस्थापक सेयरधनीले सेयर खरिदको लागि ३५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाण्डौंमा सम्पर्क गर्न सक्ने छन् । ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा वा लिखित जानकारी नआएमा भने उक्त सेयर अन्य व्यक्ति, संस्था वा मक्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।