इन्फिनिटी लघुवित्तमा दुई सञ्चालक चयन

0
Shares

इन्फिनिटी लघुवित्त वित्तीय संस्थामा बैंकिङ्ग विज्ञ बलराम विष्ट र प्रभा खनाल चयन भएका छन्। लघुवित्तको पुस १८ गते सम्पन्न तेस्रो साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई सञ्चालन छानिएका हुन्।

लघुवित्तले गत जेठ १३ गतेदेखि १६ गतेसम्म ६ लाख २९ हजार ९३० कित्ता शेयर सर्वसाधारणमा जारी गरेर जेठ २२ गते बाँडफाँड गरेको थियो। गत असार २३ गते सोमबारदेखि धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लघुवित्तको कारोबार सुरु भएको थियो।