एफवान सफ्ट इन्टरनेशनलको ग्रुप चिफ फाइनान्स् अफिसरमा अभिष आचार्य


नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स् अफिसरमा अभिष आचार्य नियुक्त भएका छन् । उनलाई एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले स्वागत गरेका छन् ।

यस अघि आचार्यले लक्ष्मी सनराइज बैकमा वित्त प्रमुखको रूपमा १० वर्ष काम गरेका थिए । लक्ष्मी सनराइज बैंकमा वित्तीय कोष र लगानीको क्षेत्रमा काम गरेका आचार्य चाटर्ड एकाउन्टेन्ट समेत हुन् ।

लक्ष्मी सनराइजमा आबद्ध हुनु पहिले आचार्य विभिन्न अडिट फर्महरूमा कार्यरत थिए । एफवान सफ्टमा नियुक्त भएसँगै आचार्यले वित्तीय टेक्नोलोजीलाई तिब्र गतिमा अगाडी बढाइरहेको एफवानसफ्ट ग्रुपको आकार बढिरहेको अवस्थामा वित्तीय क्षेत्रबाट आफुले सबल बनाउन पहल गर्ने बताए ।

एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो फिनटेक कम्पनी हो । १९ वर्षभन्दा लामो समयदेखि डिजिटल फाइनान्स्मा केन्द्रित छ । कम्पनीले हाल एक हजार भन्दा दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ । एफवान सफ्ट अन्तर्गत हाल इसेवा, फोनपे, इसेवा मनि ट्रान्स्फर, दियालो टेक्नोलोजिज, बससेवा जस्ता अग्रणी कम्पनीहरू सञ्चालनमा छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।