बिहीबार प्रतितोला ७०० रुपैयाँले बढेको सुनको भाउ शुक्रबार पुन २०० रुपैयाँले बढेको छ । आज बढेसँगै एक तोला छापावाला सुनको भाउ १ लाख १५ हजार ९०० रुपैयाँ पुगेको छ । हिजो छापावाला सुन १ लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख १५ हजार ३५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तेजावी सुन प्रतितोला १ लाख १५ हजार १५० रुपैयाँ तोकिएको थियो ।
यता आज चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ १५ रुपैयाँ घटेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९८५ दशमलव ९२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २२ दशमलव ७७ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया