कुमारी बैंकले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले दुर्गा प्रसाद पाण्डेको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
बैंकको संस्थापक सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । बैंकको सेयरमा संस्थापक सेयरधनी बाहेक अन्य व्यक्ति, संस्था, वा कम्पनीले आवेदन दिन पाउने छैनन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज कात्तिक १७ गतेदेखि ३५ दिनभित्र आवेदन दिनु पर्ने छ ।
बोलपत्र आवेदन फाराम बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरीबाट प्राप्त गर्न सकिनेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया