आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपालले ओमानविरुद्ध खेल्दै छ । उपाधिका लागि दुवै टिम काठमाण्डौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ बजे उत्रनेछन् ।
यसअघि समूह चरणमा नेपालविरुद्ध पाँच रनको जित निकाल्दै ओमान समूह ‘ए’ को विजेता बनेको थियो । सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेता यूएईलाई हराएको थियो । यता, ओमानले भने बहराइनको चुनौती पन्छाएको थियो ।
फाइनलको यात्रा तय गरेसँगै यी दुवै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा स्थान निश्चित गरिसकेका छन् । यसअघि समूह चरणको खेलमा नेपालले सोमबार सिंगापुरविरुद्ध आठ विकेट र मंगलबार मलेसियाविरुद्ध ६ विकेटको सहज जित निकालेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया