आइतबार छापावाला सुनको भाउ १ लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर बनेको हो । शुक्रबार पनि सुनको भाउ सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख १५ हजार ३५० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता आज चाँदी १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ २५ रुपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९९२ दशमलव ६२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २३ दशमलव २१ डलरमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया