भूकम्प प्रभावितहरूलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको अपिल

0
Shares

शुक्रवार राती जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग परिसंघले दुःख व्यक्त गरेको छ ।

परिसंघको आइतबार भएको पदाधिकारी बैठकले भूकम्पमा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

यस दुखद् घडीमा प्रभावित नागरिकहरुलाई राहत एवं पुनस्र्थापनाका लागि आवश्यक सहयोग गर्न सबै सदस्य संस्थाहरु, उद्यमी व्यवसायी एवं व्यवसायिक संघ संस्थाहरुलाई अपिल गरेको छ ।

भूकम्प प्रभावित नागरिकहरुलाई परिसंघले आफ्नोतर्फबाट सहयोग एवं राहत कार्यलाई निरन्तरता दिईरहेको छ । साथै, प्रभावित नागरिकहरुको राहत, उपचार एवं पुनस्र्थापना कार्यलाई तिब्रताका साथ अगाडि बढाउन नेपाल सरकार समक्ष अनुरोध गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।