पर्सा मालपोतका तत्कालिन अधिकृत सहित १० जना विरुद्ध भ्रष्टाचार मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन अधिकृत हरिनारायण मिश्रसमेत १० जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँटमा कार्यरत कर्मचारीको मिलेमतोमा जग्गा किनबेचका क्रममा विभिन्न लिखतबाट उठेको राजश्व नियमानुसार दाखिला नगरी हिनामिना गरेको अनुसन्धानबाट खुलेको पाइएपछि उनीहरु विरुद्ध मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए ।

आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध २ करोड ९ लाख ३१ हजार ६४७ बिगो दावी गरेको छ । यस्तै, मालपोत अधिकृत भूपबहादुर बोगटीविरुद्ध १ करोड ४९ लाख ६९ हजार १४५, मालपोत अधिकृत गोपालबहादुर ढुंगाना विरुद्ध ३५ लाख ४५ हजार ९५०, मालपोत अधिकृत पर्साका तत्कालीन अधिकृत पदमप्रसाद अर्याल विरुद्ध १६ लाख ८१ हजार ६०० बराबरको बिगो र कैदको माग दाबी गरेको छ ।

यस्तै, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारीविरुद्ध २ लाख ४४ हजार ४६२, तत्कालीन कम्प्युटर अधिकृत कमोद तिवारीविरुद्ध १ करोड ४१ लाख ४७ हजार १७१ रुपैयाँ, तत्कालीन नायब सुब्बा किरणप्रसाद उपाध्यायविरुद्ध ५ करोड ५५ लाख १९ हजार ९७५ रुपैयाँ बराबरको बिगो र कैद दावी गरिएको आयोगले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार  १५ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।