एनएमबि बैंकले भूकम्प प्रभावित क्षेत्रमा राहतका लागि घोषणा गर्यो ५० लाख सहयोग


एनएमबि बैंक लिमिटेडले जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ नगद सहयोग प्रदान गर्ने निणय गरेको छ ।

कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई २०८० कार्तिक १७ गते राती गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत आसपासको क्षेत्रमा परेको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकमले सहयोग पुग्नेमा बैंक विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।