भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले भूकम्प पीडितका लागि १० लाख प्रदान गर्ने

0
Shares

भूपालमानसिंह कार्की प्रज्ञापरिषद्ले जाजरकोट र रूकुम पश्चिममा आएको भूकम्पका कारण मानवीय र भौतिक क्षति भोगेका त्यस क्षेत्रका पीडितका लागि १० लाख प्रदान गर्ने निर्णय गरेको छ ।

भूपाल प्रज्ञापरिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो ।

भूपालमानसिंह कार्की प्रज्ञापरिषद्का कोषाध्यक्ष प्रा.डा.बालमानसिंह कार्कीले आजै उपप्रधान मन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई १० लाखको चेक हस्तान्तरण गरेको परिषदले जनाएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।