प्रथम त्रैमासमा निर्जीवन बीमाशुल्क ३.६६% ले घट्यो, साढे १० अर्ब संकलन

0
Shares

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो त्रैमासमा १० अर्ब ४४ करोड ५५ लाख ४९ हजार रुपैयाँ कुल बीमशुल्क संकलन गरेका छन् । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३.६६ प्रतिशतले थोरै हो ।

नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार असोज मसान्तसम्ममा सञ्चालनमा रहेका चौध निर्जीवन बीमा कम्पनीहरुले ६ लाख ८१ हजार ४६४ वटा बीमालेख जारी गरी उक्त रकम संकलन गरेका हुन् । गत आव २०७९—८० को असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ८४ करोड २४ लाख ५३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क ३९ करोड ६९ लाख ४ हजार रुपैयाँले घटेको हो । मर्जरका कारण पछिल्ला एक वर्षमा ६ वटा निर्जीवन बीमा कम्पनी घटेका छन् ।

प्राधिकरणका अनुसार चालु आवको असोज महीनामा मात्रै कम्पनीहरुले २ लाख ७२ हजार ४९१ वटा बीमालेख ३ अर्ब ३६ करोड ६ लाख ९४ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा ९ खर्ब २९ अर्ब ६९ करोड ७ लाख ६२ हजार रुपैयाँ बीमाङ्क बराबरका बीमालेख बिक्री गरेका छन् ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासमा मसान्तसम्ममा चौध कम्पनीमध्ये सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । कम्पनीले १ अर्ब ३१ करोड ७६ लाख ८८ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रो ठूलो बीमाशुल्क उठाएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६ करोड ५५ लाख ४७ हजार रुपैयाँ संकलन गर्दा तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले असोजसम्म कुल १ अर्ब ४ करोड १२ लाख ९७ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

प्राधिकरणको तथ्यांक अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्सले असोजसम्म ९४ करोड ८३ लाख ११ हजार रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ८६ करोड १५ लाख ८५ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले ८४ करोड ३ लाख ९५ हजार रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले ७० करोड १८ लाख ३६ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले ६७ करोड ५५ लाख ३३ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

यसैगरी चालु आवका तीन महीना अवधिमा सानिमा जिआइसी इन्स्योरेन्सले ५९ करोड ९४ लाख ६३ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले ५६ करोड ५८ लाख ७५ हजार रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले ५५ करोड ४८ लाख ६७ हजार रुपैयाँ र दी ओरियन्टल इन्स्योरेन्सले ५२ करोड ५९ लाख १८ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

नेपाल इन्स्योरेन्सले ३७ करोड ५२ लाख १३ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । समीक्षा अवधिमा नेशनल इन्स्योरेन्सले ३७ करोड २० लाख २१ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

निर्जीवन बीमा कम्पनीहरूद्वारा पहिलो त्रैमासमा संकलित कूल बीमाशुल्क संकलन रकम (रू.लाखमा)
क्र.सं.  बीमा कम्पनी २०८० असोज  मसान्तसम्म  २०७९ असोज  मसान्तसम्म वृद्दि/ह्रास
Sagarmatha Lumbini Insurance 13176.88 13546.11 -2.73
Siddhartha Premier Insurance 10655.47 13347.28 -20.17
Shikhar Insurance 10412.97 10200.69 2.08
Himalayan Everest Insurance 9483.11 7334.72 29.29
IGI Prudential Insurance 8615.85 8008.98 7.58
Neco Insurance 8403.95 8284.25 1.44
United Ajod Insurance 7018.36 7839.95 -10.48
NLG Insurance 6755.33 6108.67 10.59
Sanima GIC Insurance Company 5994.63 5354.60 11.95
१० Prabhu Insurance 5658.75 4129.46 37.03
११ Rastriya Beema Company Limited 5548.67 12645.18 -56.12
१२ The Oriental Insurance 5259.18 3964.70 32.65
१३ Nepal Insurance 3752.13 4376.53 -14.27
१४ National Insurance 3720.21 3283.41 13.30
कुल कूल बीमाशुल्क 104455.49 108424.53 -3.66

कुन कम्पनीले कति बिक्री गरे बीमालेख ?

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल ६ लाख ८१ हजार ४६४ वटा बीमालेख बिक्री गरेका छन् ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भदौसम्म सबैभन्दा धेरै ७९ हजार ६९६ वटा बीमालेख बिक्री गरेको छ । कम्पनीले असोजमा मात्रै २८ हजार ८३५ वटा बीमालेख बिक्री गरेको हो । बीमालेख बिक्री संङ्ख्यामा सबैभन्दा धेरै भएपनि बीमाशुल्क रकमका आधारमा सिद्धार्थ प्रिमियर दोस्रो स्थानमा छ ।

यस्तै सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स चौथो धेरै बीमालेख बिक्री गर्दा नेको इन्स्योरेन्स दोस्रोे, शिखर इन्स्योरेन्स तेस्रो र हिमालयन एभरेष्ट इन्स्योरेन्सले पाँचौं ठूलो बीमालेख बिक्री गरेका छन् । नेको इन्स्योरेन्सले ७५ हजार ९१६ वटा, शिखर इन्स्योरेन्सले ७५ हजार ९०४ वटा, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७५ हजार ४७० वटा र हिमालयन एभरेष्टले ६१ हजार १५० वटा बीमालेख बिक्री गरेको छ ।

असोजसम्म आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५९ हजार ५०९ वटा, यूनाइटेड अजोड इन्स्योरेन्सले ५२ हजार ५२२ वटा, एनएलजी इन्स्योरेन्सले ५१ हजार ३६ वटा, नेपाल इन्स्योरेन्सले ४४ हजार ६०५ वटा, सानिमा जिआईसी इन्स्योरेन्सले ३७ हजार ८९६ वटा, प्रभु इन्स्योरेन्सले २४ हजार ६७५ वटा, राष्ट्रिय बीमा कम्पनीले २२ हजार ९११ वटा, दी ओरियन्टल इन्स्योरेन्सले १० हजार ४४३ वटा र सबैभन्दा कम नेशनल इन्स्योरेन्सले ९ हजार ७३१ वटा बीमालेख बिक्री गरेको छ ।

यस्तो छ कम्पनीहरुले बिक्री गरेको बीमालेख संख्याः–

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सः ७९ हजार ६९६ वटा
  • नेको इन्स्योरेन्सः ७५ हजार ९१६ वटा
  • शिखर इन्स्योरेन्सः ७५ हजार ९०४ वटा
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सः ७५ हजार ४७० वटा
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सः ६१ हजार १५० वटा
  • आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सः ५९ हजार ५०९ वटा
  • यूनाइटेड अजोड इन्स्योरेन्सः ५२ हजार ५२२ वटा
  • एनएलजी इन्स्योरेन्सः ५१ हजार ३६ वटा
  • नेपाल इन्स्योरेन्सः ४४ हजार ६०५ वटा
  • सानिमा जिआइसी इन्स्योरेन्सः ३७ हजार ८९६ वटा
  • प्रभु इन्स्योरेन्सः २४ हजार ६७५ वटा
  • राष्ट्रिय बीमा कम्पनीः २२ हजार ९११ वटा
  • दी ओरियन्टल इन्स्योरेन्सः १० हजार ४४३ वटा
  • नेशनल इन्स्योरेन्सः ९ हजार ७३१ वटा
 बीमा कम्पनी बीमालेख संङ्ख्या
Siddhartha Premier Insurance 79,696
Neco Insurance 75,916
Shikhar Insurance 75,904
Sagarmatha Lumbini Insurance 75,470
Himalayan Everest Insurance 61,150
IGI Prudential Insurance 59,509
United Ajod Insurance 52,522
NLG Insurance 51,036
Nepal Insurance 44,605
Sanima GIC Insurance Company 37,896
Prabhu Insurance 24,675
Rastriya Beema Company Limited 22,911
The Oriental Insurance 10,443
National Insurance 9,731
Total 6,81,464.00

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।