सगरमाथा जलविद्युतको नाफा साढे पाँच करोड नजिक

0
Shares

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चालू आवको पहिलो त्रैमासमा ५ करोड ४२ लाख २७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवकोसोही अवधिमा ४ करोड ७० लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा १५.२२ प्रतिशत वृद्धि भएको हो ।

कम्पनीले बिद्युत बिक्री बापत १० करोड ७७ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवमा १० करोड ३३ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रति सेयर आम्दानी १९ रुपैयाँ ९६ पैसा छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले जगेडा कोषमा ११ करोड १८ लाख १७ हजार रुपैयाँ सञ्चित गरेको छ ।

कम्पनीको प्रति सेयर नेटवर्थ १०९ रुपैयाँ ९८ पैसा र मूल्य आम्दानी अनुपात ११.९२ गुणा छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।