विश्वकप जित्न अष्ट्रेलियाले २४१ रन चेस गर्नुपर्ने

0
Shares

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्न घरेलु टिम अस्ट्रेलियाले भारत विरुद्ध २४१ रन चेस गर्नुपर्ने छ ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले अन्तिम बलमा अलआउट हुँदा २४० रन जोड्यो । भारतका लागि केएल राहुल र विराट कोहलीले अर्धशकतक प्रहार गरे। केएल राहुलले ६६ रन बनाएर आउट हुनुअघि १०७ बलमा १ चौका मात्र प्रहार गर्न सके ।

विराट कोहलीले ५४ रन बनाए। अस्ट्रेलियाका कप्तान पाट कमिन्सले २८.३ ओभरमा आउट गर्नु गर्नुअघि उनले ६३ बलमा ४ चौका हिर्काए । भारतले १० ओभरपछि ९७ बल खेलपछि मात्र बाउन्ड्री प्रहार गर्दा रनरेट घटेको थियो। दशौं ओभरपछि भारतका केएल राहुलले २६.२ ओभरमा चौका प्रहार गरेका थिए ।

भारतका ओपनिङ ब्याट्सम्यान शुभमन गिल पाँचौ ओभरमा ४ रनमै आउट भएका थिए। उनलाई मिचेल स्टार्कले एडम जाम्पाबाट क्याच गराए । दशौं ओभरको चौथो बलमा भारतका ओपनर तथा कप्तान रोहित शर्मा ४७ रनमा आउट भए । उनलाई म्याक्सवेलले त्रविस हेडबाट क्याच गराए । उनले आउट हुनुअघि ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । अर्को ओभरमा कप्तान पाट कमिन्सले श्रेयष अय्यरलाई ४ रनमा आउट गरेपछि भारत दबाबमा आएको थियो ।

सूर्यकुमार यादवले २८ बलमा १८ रन मात्र जोड्न सके भने रविन्द्र जडेजा ९, मोहमद सामी १ रन र जसप्रित बुमराह १ रनमा आउट भए । कुलदिप यादवले अन्तिम बलमा रनटआउट हुनुअघि १० रन र मोहमद सिराजले नटआउट ९ रन बनाए ।

बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए । उनले १० ओभरमा ५५ रन खर्चिए। जोश हजलउड र‍ पाट कमिन्सले २ विकेट लिए। हजलउडले १० ओभरमा ६० रन र कमिन्सले १० ओभरमा ३४ रन दिए। ग्लेन म्याक्सवेल र एडम जाम्पाले १-१ विकेट लिन सफल भए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।