विश्वकप छनोट: आज यमनसँग खेल्दै नेपाल, दुबै टिमलाई जित्नुपर्ने दबाब


फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज बेलुका ७ बजे खेल हुनेछ । अर्को चरण प्रवेशका लागि आजको खेल महत्वपूर्ण हुनेछ । नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग ४-० को हार ब्यहोरेको थियो ।

यमन पनि बहराइनसँग २-० ले पराजित भएको थियो । त्यसकारण दुबै टिमलाई आजको खेल जित्नुपर्ने दबाब छ । फिफा वरीयतामा यमन १५६औं स्थानमा रहदा नेपाल १७३औं स्थानमा छ ।

दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन् । नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २-२ खेल गरी ६ खेल खेल्नेछ । दोस्रो चरणको छनोटको अन्तिम खेल ६ जुनमा हुनेछ ।

चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् । पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।