श्वेतगंगा हाइड्रोपावरका सेयरधनीले लाभांश नपाउने

0
Shares

श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडका सेयरधनीले लाभांश नपाउने भएका छन् । कम्पनीले लाभांश बिना नै वार्षिक साधारण सभा बोलाएको हो ।

श्वेतगंगा हाइड्रोपावरले मंसिर २६ गते सातौं वार्षिक साधारण सभा बोलाएको हो । सभा कुण्डलिनि दरबार ब्यांकेट चण्डोल, काठमाडौँमा बिहान ११ बजे सभा आह्वान गरिएको छ ।कम्पनीले यस वर्ष सेयरधनीलाई बोनस वा नगद कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने भएको छ । यससँगै यस वर्ष कम्पनीका सेयरधनीको हात रित्तो भएको छ ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनुका साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने सामान्य मात्र एजेन्डा राखिएका छन् ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १५ गते शुक्रबार सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार मंसिर १४ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।