लुम्बिनी विकास बैंकको लाभांश पाउन मंगलबारसम्म शेयरधनी बन्नुपर्ने

0
Shares

लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षसम्मको मुनाफबाट प्रस्ताव गरेको कूल २० प्रतिशत लाभांश पाउन पुस २२ गते मंगलबारसम्म शेयरधनी कायम भैसकेको हुनपर्छ।

किनभने बैंकले बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस २३ गतेदेखि २९ गतेसम्म शेयर दाखिल खारेजको काम बन्द गर्देछ। जसअनुसार लाभांश पाउन बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात पुस २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कायम भैसकेको हुनपर्छ।
यसरी कायम भएका लगानीकर्ताले मात्र साधारण सभामा सहभागिता जनाउन तथा लाभांश पाउँछन्।

बैंक सञ्चालक समितिले गत आर्थिक वर्षसम्मको मुनाफबाट ५ प्रतिशत बोनस र सोको कर प्रयोजनको लागि सहित गरी १५ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको थियो।

सो लगायत अन्य प्रस्तावहरु पारित गर्न बैंकले पुस २९ गते अमृतभोग, कालिकास्थानमा बिहान ११ बजे बैंकको १२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
यसैगरि मर्जर तथा एक्वीजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि साधारण सभामा रहेको छ।

हाल २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५५१ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको १२ करोड ९३ लाख ४८ हजार १७५ रुपैयाँ बोनस पूँजीकरण पश्चात २ अर्ब ७१ करोड ६३ लाख ११ हजार ६८६ रुपैयाँ कायम हुनेछ।