नबिल बैंकले घोषणा गर्यो लाभांश

0
Shares

नबिल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ ।  बैंकले यस वर्ष नगद लाभांश मात्र वितरण गर्ने भएको हाे । बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।