नेप्सेमा ८१ अर्ब २५ करोड मूलयको विकास ऋणपत्र सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार कुल ८१ अर्ब २५ करोड बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ । नेपाल सरकारले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक मार्फत विभिन्न मितिमा बिक्री गरिएका ९ वटा विकास ऋणपत्र शुक्रबार सूचीकृत भएको हाे ।

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन भई आज नेप्सेमा सूचीकृत भएको ऋणपत्रमा ६ अर्ब ८० करोड रुपैयाँको ६ वर्षे अवधीका लागि २०८६ “ज”, १० अर्ब रुपैयाँको २०८६ “झ”, ८ अर्ब ८० करोडको २०८६ “ट”, ५ अर्ब ६० करोड रुपैयाँको २०८६ “ञ”, ६ अर्ब ९५ करोड रुपैयाँको २०८६ “ठ” नामक रहेको छ । यी सबै ऋणपत्रको अवधि ६ वर्ष रहेको छ ।

त्यस्तै, पाँच वर्षे अवधि भएको १० अर्ब रुपैयाँको २०८५ “ञ” तथा ८ वर्षे अवधिका १३ अर्ब १० करोड रुपैयाँको २०८८ “ग”, १० अर्ब रुपैयाँको २०८८ “ङ” र १० अर्ब रुपैयाँको २०८८ “घ” नामक विकास ऋणपत्र सूचीकृत गरिएको छ ।

सूचीकृत ९ वटै विकास ऋणपत्रको ब्याजदर ७ प्रतिशत छ । विसं २०८० सालमै निष्कासित उक्त ऋणपत्रहरु २०८५ देखि २०८८ सम्म परिपक्व हुनेछन् । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्ष अवधिसम्मका रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।